एजेन्सी । केन्याका एक महिला सांसदले मतदाता नामावलीमा नाम नलेखाएसम्म पतिसँग यौन सम्पर्क नगर्न महिलाहरुलाई अपिल गरेकी छिन् ।

kenya-samsad

केन्यामा आगामी ८ अगस्टमा हुने चुनावका लागि नाम दर्ता गराउन आगामी फेब्रुअरीसम्म मतदाता नामावलीमा नाम लेखाउने समय तोकिएको छ । मिसी मबोको नामकी सांसदले भनिन्, उनीहरुले भोटर्स कार्ड नदेखाएसम्म यौन सम्पर्क गर्न नदिनुस् । यसले पुरुषहरुलाई मतदाता नामावलीमा नाम लेखाउन उत्प्रेरित गर्ने उनको तर्क छ ।

‘सेक्स’ मा चरमसुखका यी ८ रहस्य !

मबोको तटीय शहर मोम्बासाका महिला सांसद हुन् । मोम्बासामा सोमबार देखि मतदाता नामावली संकलन कार्य सुरु भएको छ । केन्याका राष्ट्रपति उहुरु केन्यट्टा दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन् । उनलाई राष्ट्रपति बन्न नदिनका लागि मिसी आवद्ध बिपक्षी दल ओडिएमसहितको गठबन्धनले कसरत गरिरहेको छ ।

सेक्सपछि किन सुत्छन् पुरुष, थाहा पाउनु् यी ५ कारण

सबैभन्दा धेरैले मतदाता नामावलीमा नाम लेखाए आफूहरुलाई जित्न सहज हुने आशयमा उनले महिलाहरुलाई यस्तो अपिल गरेका हुन् । केन्यामा संभोग बहिस्कार गर्ने अपिल सामान्य हो । सन् २००९ मा महिला कार्यकर्ताले हप्ताभर सेक्स हड्तालको घोषणा गरेका थिए ।