११ मंसिर, काठमाडौं । सोलुखुम्बुमा मतदान गरेर फर्किएका एक व्यक्तिको लडेर मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका –५ ज्याङदिङका ६२ वर्षीय दावा तामाङको गएराति लडेर ज्यान गएको हो ।

आइतबार जनजागृति माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान गरेर फर्कने क्रममा सदरमुकाम सल्लेरीको नयाँ बजार नजिकैको खोल्सामा लडेर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

मतदान गर्नकै लागि सदरमुकाम झरेका तामाङ मतदान पश्चात सदरमुकाममै बसेर राति बाहिर निस्कँदा लडेको हुन सक्ने प्रहरीको अनुमान छ । तामाङको शव विहान ८ बजे स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।