३ वैशाख, काठमाडौं ।

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति शोक व्यक्त गर्न सरकारले भोलि(शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने र भोलिनै थापाको पार्थिव शरीरको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

थापाको निधनमा भोलि एक दिन स्वदेशस्थित सम्पूर्ण कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

पूर्व सरकार प्रमुखहरुको निधनमा सार्वजनिक विदा दिने र राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने प्रचलन छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता थापा पाँच पटक प्रधानमन्त्री भएका थिए ।