१८ फागुन, काठमाडौ । नेपाल चिकित्सक सङ्घको २६ औँ सम्मेलन भोलिदेखि काठमाडौँमा आयोजना हुने भएको छ। सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित नेपालका करिब एक हजार १०० चिकित्सकको सहभागिता रहने छ।
सङ्घका अध्यक्ष प्राडा किरण श्रेष्ठले दिनुभएको जानकारीअनुसार तीनदिने सो सम्मेलनमा सर्ने तथा नसर्ने रोग एवम् चिकित्सा क्षेत्रमा भइरहेका उपलब्धिका बारेमा ९० वटा कार्यपत्र प्रस्तुत हुनेछन्।
अस्पताललाई भूकम्पीय सुरक्षाबाट जोगाउने र तयारी अवस्थामा कसरी राख्ने भन्ने मुख्य विषयका केन्द्रित रही सम्मेलनमा छलफल हुने बताइएको छ। रासस