८ असार, काठमाडौं ।

नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल भोली आधा घण्टाका लागिबन्द हुने भएको छ । भोली दिउँसो साढे ४ बजेदेखि ५ बजेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पूर्ण रुपमा बन्द हुन लागेको हो ।

जसका कारण भोली त्यो अवधिमा सबै विमान उडान र अवतरण पूर्ण रुपमा बन्द हुनेछ ।

हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको नियम अनुसार अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थहरुले पूर्ण रुपले आकस्मिक अभ्यास गर्नुपर्ने भएकोले आधा घण्टाका लागि विमानस्थल बन्द गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ ।

उडान र अवतरण गर्ने क्रममा कारणवस कुनै जहाजको दूर्घटना भयो भने त्यसलाई कसरी उद्धार गर्ने भनेर अभ्यास गर्नका लागि यस्तो गर्न लागिएको हो ।