काठमाडौं, ११ जेठ । पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनमा शोक ब्यक्त गर्दै आइतबार भोली सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द हुने भएका छन् ।

सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । देशभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जारी गरेको विज्ञप्तीमा द्वारा जारी विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनबाट न्याय, कानून र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।

सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीशको रुपमा लामो समयसम्म सेवा गरेका खत्रीको बुधबार निधन भएको थियो ।