२६ पुस, काठमाडौं । भोली पुस २७ अर्थात् पृथ्वी जयन्ती । राष्ट्रिय एकता दिवसका अवसरमा भोली सार्वजनिक विदा दिनुपर्ने माग बढ्दो छ ।

prithivi_narayan_marriage_2

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि भोली सार्वजनिक विदा दिनुपर्ने माग जोडदार रुपमा प्रस्तुत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि भोली सार्वजनिक विदा दिनुपर्ने माग गरेको छ । आजको संसद बैठकमा बोल्दै एमाले सांसद प्रकाश ज्वालाले पृथ्वी नारायण शह राजा मात्र नभई राष्ट्र निर्माता भएकाले उनको योगदानको कदर गर्दै सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन् ।

संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैनः ओली

गृह मन्त्रालयले भने अहिलेसम्म विदाको जानकारी आइनसकेको जनाएको छ । मन्त्रालयका सह प्रवक्ता भविश्वर पाण्डेले भने, ‘अहिलेसम्म जानकारी आइसकेको छैन’ । २०६२/०६३ को आन्दोलनपछि बनेको सरकारले पुस २७ गतेको विदा कटौती गरिएको हो ।