मंगल ग्रहको ढुङ्गामा देवताको आकृति देखिएको विषयले फेरी एक पटक चर्चा पाएको छ।

सोमबार, नाशाको मार्स अपर्चुनिटी रोभरले पठाएको यो तस्बिरमा एसिरियन जातीका मानिसले ज्ञानको देवता मान्ने नावुको अनुसारसंग मिल्ने आकृति फेला परेको छ। यो तस्विर अपर्चुनिटी रोभरले मंगल ग्रहको ‘कन्सेपसिवन क्रेटर’मा खिचेको थियो।

mars stone alien (1)

आज भन्दा करिब ४ हजारवर्ष पहिलेको प्राचिन जाती एसिरियनले सो बखत नै अन्तरिक्षमा यात्रा गर्ने गरेका थिए। सोही बखत आफ्ना देवताको मुर्ति मंगलमा छोडी आएको कथा रहिआएको छ।

mars stone alien (3)

तस्बिर खिचिएको मंगल ग्रहको कन्सेपसिवन क्रेटरको वरिपरि ढुङगामा खोपिएका अन्य आकृतिहरु भेटिएका कारण वैज्ञानिकहरुको पनि रहस्यमा छन्।

mars stone alien (4)

अपर्चुनिटी रोभरलाई मंगल ग्रहको वातावरणको बारेमा थप जानकारी खोज गर्न नाशाले प्रयोग गरिरहेको छ। नाशा भने, यसरी अन्जान ठाँउमा विभिन्न आकृति देखिनु दिमागको खेल मात्र भएको बताउँछ, जसलाई ‘परेइडोलिया’ पनि भनिन्छ।

पछिल्लो महिना मंगल ग्रहको एक पहाडमा ठुलो बुद्धको मुर्ति देखिएको भन्दै चर्चा गरिएको थियो।

युएफओ साइटिङस् डेलीका स्कट सी वारिङ भन्छन्, ‘नाशा सत्य बताउन चाहदैन, किनकी सत्य बताउँदा पत्ता लागेको जानकारी र प्रविधी पनि सार्वजनिक गर्नुपर्ने हुन्छ।’

तर वैज्ञानिकले एलियन जीवनको प्रमाण लुकाउन खोजेका छैनन्, भन्छन् नाशाको रोभर प्रोजेक्टमा काम गर्ने अश्विन भसाभडा।

मंगल ग्रहमा कुनै समय जीवन थियो भन्ने तथ्यमा भने वैज्ञानिकहरु पनि सकारात्मक देखिन्छन्। त्यहाँको वातावरणमा आएको अचानकको परिवर्तनले मंगलग्रह जीवन विहिन भएको वैज्ञानिकहरुको अनुमान छ। तर पृथ्वीबाट मंगल ग्रहमा र मंगल ग्रहबाट पृथ्वीमा बसोबास गर्न मानिसहरु आउने भन्ने कथामा मात्र सिमित छ।

यो पनि पढ्नुस्।

मंगल ग्रहको वायुमण्डलबारे नयाँ तथ्य: पृथ्वी पनि मंगल झै हुने सम्भावना उच्च

मंगलमा महिला देखिएकी हुन र? नाशाको तस्बिरको सबैतिर चर्चा