छेपारो, चम्चा, अझ देवताकै अनुसार, बुद्धको मुर्ति, एक महिला अनि अहिले मंगल ग्रहमा खिचिएको तस्बिरमा मुसा भेटिएको चर्चा चलेको छ।

मंगल ग्रहको गेल क्रेटरमा क्युरिओसिटी रोभरले खिचेको तस्बिरमा मुसा जस्तो आकृति देखिएको छ।

mars mouse found

ह्वाइट नामका एक व्यक्तिले नाशाले मंगलमा लिएको तस्बिर हेर्दै गर्दा एक तस्बिरमा मुसा जस्तो आकृति भेटेका हुन।

दृस्टीभ्रम भएको पनि हुनसक्ने बताउँदै ह्वाइटले गेल क्रेटरको तस्बिर नियाल्दा मुसा देखिएको बताउँछन्।

यो तस्बिर २७ अक्टोबरमा क्युरिओसिटी रोभरको दायाँ तर्फको क्यामेरा प्रयोग गरि जमिनभन्दा ६ फिट माथिबाट लिइएको हो।

mars stone alien (1)

केही अघि मात्र एक ढुङ्गामा नियो-एसिरियनहरुको देवता नावुको अनुहार देखिएको चर्चा चलेको थियो।

एलियनको दुनियाँमा चाख राख्नेको लागि यो ठुलो मुद्धा भएपनि नाशाले यो बारेमा थप अनुसन्धान गरेको छैन।

mars lizard mars lizard compare

यसरीनै पहिले छेपारो, एक महिला तथा मंगलमा बुद्धको मुर्ति देखिएको चर्चा चलेको थियो।

[quote_box_center]

चर्चा कै कुरा गर्दा, लाखौ वर्ष पहिले मंगलमा मंगलवासी थिए भन्ने गरिन्छ। मंगलको वातावरण ह्रास हुदैँगएपछि ठुलो समुहमा मानिसहरु पृथ्वीको लाइमेरिया र एन्टान्टिस भन्ने द्वीपमा आएका थिए। सो बखत पृथ्वीमा मानिसहरु अहिलेको भन्दा माथिल्लो बौद्धिक आयममा थिए।

मानिसहरु एक आपसमा नबोली दिमागकै भरमा कुराकानी गर्न सक्थे। यो अहिलेको कुरा होइन। सोही बखत मंगलबाट पृथ्वीमा मंगलवासी आएका थिए। तिनै मंगलवासीले इजिप्टको पिरामिड बनाएको कथा चलिआएको छ। तीनै मंगलवासीले गरेको परिक्षणले बर्मुडा ट्र्याङ्गल भन्ने ठाँउमा अहिले पानीजहाज र विमान हराउने गरेको समेत भन्ने गरिन्छ। ती मंगलवासी र पृथ्वीवासीको पछि मिलन हुन पुग्यो र कतिपय हाम्रा पुर्खा मंगलवासी पनि हुनसक्ने कथा निकै चर्चित छ।

तर लाइमेरिया र एन्टान्टिस द्वीप साँचै थिए भनी पत्ता भने लगाइएको छ।

[/quote_box_center]

मंगल ग्रहमा अहिले जीवित वस्तु भेटिएका छैनन्। नाशाले करोडौं वर्ष पहिले मंगलमा जीवन रहेको तर चुम्बकिय क्षेत्रमा अचानक परिवर्तन आउँदा वायुमण्डल नष्ट हुन पुगी मंगल जीवन विहिन बनेको बताएको छ। मंगल ग्रहको वायुमण्डल पृथ्वीको भन्दा १०० गुणा पातलो छ। साथै अहिलेसम्म इजिप्टको गिजामा रहेको पिरामिण कसरी बनाइएको हो भन्ने वैज्ञानिकहरुसंग कुने जवाफ छैन।

यो पनि पढ्नुस्।

मंगल ग्रहमा पानी भेटियो, जीवनको सम्भावना उच्च

मंगल ग्रहको वायुमण्डलबारे नयाँ तथ्य: पृथ्वी पनि मंगल झै हुने सम्भावना उच्च

मंगल ग्रहको ढुङ्गामा देवताको आकृति भेटियो!?

मंगलमा महिला देखिएकी हुन र? नाशाको तस्बिरको सबैतिर चर्चा

विश्वका ५ रहस्यमय ठाउँ