२८ कात्तिक, मकवानपुर । मकवानपुरको मनहरी–७ स्थीत सामिल डाँडामा छिमेकीले खुकुरी प्रहार गर्दा एकजनाको मृत्यु भएको छ ।
मानसिक अवस्था ठिक नभएका छिमेकिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा सिताराम भुसालको मृत्यु भएको हो ।

खुकुरी प्रहार गर्ने सुनज बराइलीको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जानकारी दिएको छ । खुकुरी प्रहारबाट अन्य दुईजना गम्भीर घाईते भएको र घाइतेहरुको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हवाई फायर गरि आफ्नो नियन्त्रणमा लिएको छ ।