२८ कात्तिक, मकवानपुर । मकवानपुरको मनहरीमा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गरी तीन जनाको हत्या गरेका छन् ।

मनहरी ७ का सुमन बराईलीले खुकुरीले हान्दा स्थानीय ५२ बर्षीय सिताराम धिताल, उनका छोरा १६ वर्षीय सुमन धिताल तथा ६५ वर्षका जितबहादुर ब्लोनको मृत्यु भएको हो ।

बराईलीको मानसिक अवस्था ठिक नभएको पाइएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने बराईलीलाई प्रहरीले हवाई फायर गरि आफ्नो नियन्त्रणमा लिएको छ ।