३ जेठ, हेटौँडा ।

मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्केस घलान तीन हजार २२१ मत ल्याई विजयी भएका छन् ।

उपाध्यक्षमा नेकपा (एमाले)का धनमाया स्याङतान विजयी भएका छन् ।

त्यसैगरी, बकैया गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दामोदर खनाल चार हजार ५४४ मत तथा उपाध्यक्षमा एमालेकी सरला बोहोराले चार हजार ६६३ मतसहित विजयी भएका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नंं २ मा नेकपा एमालेका हरिबहादुर रावत एक हजार ९७ मत ल्याई अध्यक्षमा विजयी भएका छन् । रासस