२ कात्तिक, काठमाडौं ।

थाइल्यान्डको बैंककमा भइरहेको ३१औँ किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपको डिभिजन एकमा नेपाल आज सेमिफाइनलमा प्रवेश गरेको छ ।

football_generic

नेपालले मकाउलाई २–० ले पराजित गरी सेमिफाइनल पुगेको नेपाल सेपाकताक्रो सङ्घले जनाएको छ । नेपाल टिम रेगु स्पर्धामा सेमिफाइनलमा पुगेको हो । सोमबार भएको खेलमा नेपालले जर्मनीलाई २–० ले नै हराएको थियो । प्रतियोगिता यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।