“यसो हेर्दा त, मङ्गलबासीको विमान जस्तै लाग्छ”

-कुशल श्रेष्ठ

नासाको ‘मार्स क्युरियोसिटी रोभर’ले जहिले पनि अजिव किसिमको आकार भएका तस्विरहरू मंगलग्रहबाट पृथ्वीमा पठाइरहेको हुन्छ। मङ्गल ग्रहका ती पत्थरहरूमा “पिरामिड” देखि “कफिन”, “ठूलो जातको छेपारो” र “बाराक ओबामाको अनुहार” समेत देखिने निकै विवादास्पद तस्बिहरु सो रोभरले पठाइसकेको छ। हालै, एक अनुसन्धान टोलीले नासाको उक्त मिसनबाट आएको तस्विरमा “तैरिएको चम्चा” देखेको दाबी गरेका छन्।

मंगलमा महिला देखिएकी हुन र? नाशाको तस्बिरको सबैतिर चर्चा

यो ‘चम्चा’ जस्तो आकार ‘अनम्यान्डस्पेसफ्लाइट डट कम’ (UnmannedSpaceflight.com) फोरमका सदस्यहरूले पत्ता लगाएका हुन्, र वैज्ञानिकहरूले यसलाई साधारण भ्रम, ‘परेइडोलिया’ (Pareidolia) को उदाहरण हो भनेका छन्। यो यस्तो मनोवैज्ञानिक अवस्था हो, जहाँ हामीले अपरिचित ठाउँमा पनि परिचित वस्तु देख्ने गर्छौँ।Floating Spoon

Martian_rover_Curiosity_using_ChemCam_Msl20111115_PIA14760_MSL_PIcture-3-br2

नाशाले मंगलग्रहमा खोजको लागि पठाएको क्युरियोसिटी रोभर

मानिसको आँखाले आफ्नो वरिपरिको वातावरणमा अरू मानिसको अनुहार सजिलै चिन्न सक्छ। जसले गर्दा जस्तो सुकै हुलमुलमा पनि आफ्नो साथीलाई चिन्न सकिन्छ। त्यसै गरी, कुनै अजीव आकारलाई देखेर त्यसलाई हामीले चिनेकै वस्तुसँग तुलना पनि गर्ने गर्छौ। यो एक साधारण प्रक्रिया हो, जसलाई मनोवैज्ञानिक भाषामा ‘परेइडोलिया’ भनिन्छ। जस्तै बादलमा जनावरको आकार देख्नु पनि परेइडोलियाको राम्रो उदाहरण हो। यसलाई साधारण किसिमको भ्रम भन्दा पनि फरक नपर्ला!

मङ्गल ग्रहमा पठाइएको ‘क्युरियोसिटी’ यन्त्रले पृथ्वीमा पठाएका तस्विरहरूलाई नियालेर हेर्दै गर्दा ‘विल फरार’ले एक तस्विरमा ‘कफिन’रूपी पत्थर देखेका थिए। (तलको तस्विरको  ठुलो गोलाकारभित्रको तस्विर एडिट गरिएको हो।)Coffin

तर, मानिसहरूमा प्रतिक्रियाको बहाव ल्याउनुको साथसाथै, यो ‘चम्चा’ले मङ्गल ग्रहको शान्त वातावरणमा पनि यस्तो अनौठो भौगोलिक विशेषतालाई झल्काएको छ। पृथ्वीमा साधारणतया, हावाको घर्षणले गर्दा पत्थरहरूको आकार अलि खस्रो र अनियमित हुने गर्दछ।

तर, मङ्गल ग्रहको पातलो वायुमण्डल र कमजोर गुरुत्व बललाई मध्यनजर गर्ने हो भने, यसरी तैरिएको जस्तो आकार बन्नुमा अझै बढी रहस्यमय तथ्य हुन सक्छ भन्ने नासाका वैज्ञानिकहरूको विश्वास रहेको छ।Iguaras 1

यध्यपी, मङ्गल ग्रहको यस्तो असामान्य विशेषता देखेर खोजकर्ताहरूले ‘रहस्यमय’ बताएपनि, वैज्ञानिकहरू भने यसमा त्यस्तो ‘रहस्यमय’ केही नभएको प्रष्ट पारेका छन्।

मंगलग्रहमा अहिले सम्म तरल पानी भेेटिएको छैन। बरफको रुपमा भने पानी रहेको भएपनि त्यहाँ कुनै जीवको अस्तित्व छ वा छैन अहिलेसम्म पत्ता लागिसकेको छैन। लाखौ वर्ष पहिले मंगल ग्रहमा पनि पृृथ्वीमा झै जीवत प्राणीहरु रहेका र मौसमको अप्रात्यासित फेरबदलले त्यहाँको प्राणी विनास भएको हुनसक्ने अनुमान अझै पनि लगाइन्छ।

 यो पनि पढ्नुहोस्।

मंगल ग्रहमा भेटियो छेपारो, क्युरियोसिटीले खिच्यो फोटो…(तस्विरसहित)

मंगलमा महिला देखिएकी हुन र? नाशाको तस्बिरको सबैतिर चर्चा