३ असोज, राजविराज ।

सप्तरीको मतदान स्थलमा सुरक्षा सुदृढीकरण बनाउनका लागि तालीमप्राप्त कुकुर परिचालन गरिएको छ । राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै स्थानमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालीमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

यसैबीच सप्तरी जिल्लाका छवटा स्थानीय तहको मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।