२४ फागुन, काठमाडौं ।

पहिलो चरणको निर्वाचनबाट नेतृत्व चयन हुन नसकेपछि नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा दोश्रो चरणको चुनावबाट सभापति चयन हुने तय भैसकेको छ । केहीबेरमा मतदान शुरु हुँदैछ ।

कांग्रेसमा तरंग ल्याउने सिटौलाको विज्ञप्ति

यसैबीच सबैभन्दा कम मत प्राप्त गरेर तेश्रो स्थानमा सीमित भएका महामन्त्री कृष्ण कृष्ण सिटौलाले दोश्रो विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक प्रक्रियालाई स्वच्छ र सहज रुपमा स्विकारी मतदान प्रक्रियामा सहभागि हुन सम्पूर्ण महाधिवेशन प्रतिनिधीहरुलाई आग्रह गरेका छन् ।

krishna prasad sitaula

यस अघि दोस्रो चरणको निर्वाचन नै गर्न नपर्ने अवस्था सृजना गर्नु पर्ने आह्वान गरेका सिटौलाले आफ्नो आशा पुरा नभएको भन्दै मतदानमा सहभागी हुन आह्वान गरेका हुन् ।

यस अघी उनले जारी गरेको विज्ञप्तिमा घुमाउरोरुपमा सबैभन्दा बढी मत प्राप्त गरेका देउवालाई सभापति बनाउन प्रस्ताव गरेको जस्तो देखिएपनि प्रष्ट भनेका थिएनन् ।

‘४० प्रतिशत’ भनिने देउवाले ५० प्रतिशत मत प्राप्त गर्नुका ५ कारण
४१ जिल्लाका सभापति रामचन्द्रको पक्षमा

तर सिटौला तटस्थ बसेर मतदान गर्दा भने रामचन्द्र पौडेललाई भन्दा देउवालाई फाइदा पुग्ने निश्चित छ ।

सिटौलाको दोश्रो विज्ञप्तिः

प्रेस विज्ञप्ती
नेपाली काँग्रेसको १३ औं महाधिवेशनको नेतृत्व छनौट प्रक्रियामा २०७२ फागुन २३ गते आइतवार भएको मतदानबाट सभापतिका कुनै पनि उमेद्वारलाई निर्वाचित हुन आवश्यक मत नआएपश्चात हिजोको मतदानमा व्यक्त मतको सम्मान गर्न र पार्टी एकताको सकारातम्क सन्देश गर्न दोस्रो चरणको निर्वाचन प्रक्रियामा जानु अगावै सबैको भावना समेट्ने गरि पार्टी एकताका लागि अग्रसर हुन मैले आह्वान गरेको थिए। आजको दिनमा त्यो नै पार्टीलाई एकतावद्ध बनाउने र सबैको भावना समेट्ने उपयुक्त बाटो थियो। समग्र काँग्रेसजनको उत्कट चाहना पनि यहि हो। यद्यपी हाम्रो प्रयास सार्थक हुन सकेन।

अबको केहि बेरमा हामी दोस्रो चरणको मतदानमा प्रवेश गर्दैछौ। यो अवस्थामा लोकतान्त्रिक प्रक्रियालाई स्वच्छ र सहज रुपमा स्विकारी मतदान प्रक्रियामा सहभागि हुन सम्पूर्ण महाधिवेशन प्रतिनिधीहरुलाई आह्वान गर्दछु। महाधिवेशनमा हामीलाई साथ दिने सबैप्रति हार्दिक धन्यवाद दिदै भोलिका दिनमा पनि पार्टी रुपान्तरणका लागि हाम्रो अभियानमा निरन्तर साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु।
जय नेपाल।