१० जेठ, चितवन ।

चितवनको भरतपुर महानगरमा एमाले र माओवादी उम्मेदवारको मतान्तर झन घट्दै गएको छ । महानगरको वडा नम्बर १४ को ३०१२ मत गणना गर्दा एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालको मतान्तर २१८३ भएको छ ।

ताजा अवस्थामा ज्ञवालीले २८९५५ र दाहालले २६७७२ मत प्राप्तगरेका छन् । उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ३०१३३ र एमालेकी दिब्य शर्माले २६१५९ मत प्राप्त गरेकी छन् ।