१६ असोज, काठमाडौं ।

पूर्व घोषणाअनुसार मदन पुरस्कार गुठीले दुईहजार बहत्तर सालको मदन र जगदम्बाश्री पुरस्कार प्रदान गरिएको छ ।

आज ललितपुरमा आयोजित कार्यक्रममा गुठीले रामलाल जोशीको कृति ‘ऐना’लाई मदन र लीलबहादुर क्षेत्रीलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको हो । दुवै पुरस्कारको राशी २/२ लाख छ ।

ram-lal-joshi-lil-bdr-chhetri

छनोटमा परेका ६ कृतिलाई पछि पार्दै जोशीको कथासंग्रह ‘ऐना’ले मदन पुरस्कार पाएको हो । लामो समयदेखि नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान पु-याए वापत भारत असामका क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार प्रदान गरिएको हो । क्षेत्रीको ‘बसाई’ उपन्यास चर्चित कृति हो ।