१८ साउन, काठमाडौं । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले मधेश केन्द्रित दलका नेताहरुले मधेशका जनतालाई धोका दिएको आरोप लगाएका छन् ।

महोत्तरीको जलेश्वरमा आयोजित एक कार्यक्रममा मन्त्री मन्सुरले मधेसी जनताको अधिकारका लागि सिन्को पनि नभाँच्ने मधेसी दलका नेताहरुले मन्त्री र सम्पत्तिका लागि मात्र आन्दोलन गरिरहेको आरोप लगाए ।

मन्त्री मंसुरले मधेसी जनताको राष्ट्रियतामाथि एमालेले लगातार प्रश्न उठाईरहेकोमा आक्रोस समेत व्यक्त गरे । उनले मधेशी जनताले निर्वाचन मार्फत एमालेलाई सजाय दिने विश्वास समेत व्यक्त गरे ।

संविधान संसोधन गरी मधेशी जनताको माग संबोधनका लागि काँग्रसले हर सम्भव पहल गरिरहेको उल्लेख गर्दै मन्त्री मन्सुरले संसोधनले सबैको माग पुरा हुने बताए ।