१६ भदौ, काठमाडौं ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफूहरुको आन्दोलनबारे अन्र्तराष्ट्रिय जगतलाई जानकारी गराउने भएको छ ।

तराईका जिल्लाहरुमा आफूहरुले गरेको आन्दोलनमा सरकारले अत्याधिक बल प्रयोग गरेको भन्दै मोर्चाले अन्र्तराष्ट्रिय जगतलाई जानकारी गराउन लागेको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

Mahanta-upendra-rajendra. madheshi leaderjpg

पूर्व परराष्ट्रमन्त्री समेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरि ध्यानाकर्षण गराउने तयारी गर्नुभएको हो । काठमाण्डौको एक होटलमा हुने पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय सञ्चार माध्यामलाई बोलाईको पार्टीले जनाएको छ ।