२८ पुस, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले मधेशी मोर्चा बिना कुनै निर्वाचन सम्भव नभएको बताएका छन् ।

pashupati-photo

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गरि मधेसका जायज माग सम्बोधन नगरि गर्न थालिएको कुनै पनि निर्वाचन सम्भव नभएको बताएका छन् ।

उनले संविधान संशोधनमा अंगीकृत नागरिकलाई जसरी उसको देशको नागरिकता त्याग्नासाथ नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ यो गलत भएको बताए । उनले अन्य देशमा जसरी बर्षौ लाग्छ त्यसरी नै लागू गर्नु पर्ने भन्दै यो सारै खुकुलो व्यवस्था भएको बताए ।

स्थानिय निकायको निर्वाचन भई हाले पनि प्रान्त र संसदको निर्वाचनका लागि प्रादेशिक कानुनको सीमांकन कसरी निर्धारण गर्ने भनी आयोग वा समिति बनाउने तर्फ ध्यान जान नसकेको भन्दै उनले सिमांकनको बिषय नसकिएसम्म अरु प्रक्रिया अघि नबढ्ने बताए ।

दोस्रो जनअन्दोलनश्चात नेपालको राष्ट्रियता इतिहासमै कम्जोर भएको भन्दै राष्ट्रियताको सवाललाइ लिएर नै राप्रपा नेपाल र राष्ट्रिय पजातन्त्र पार्टी एक भएको बताए । संबिधानमा धर्म निरपेक्षा राख्नु गलत भएको भन्दै राणाले हिन्दु राष्ट्रका सवालमा जनमत संग्रह गरिनु पर्ने र सबै धर्म प्रति सद्भाव रहेको हिन्दु राष्ट्र कायम गरिनु पर्ने बताए ।