३ वैशाख, गाइघाट (उदयपुर)।
शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सरकार मधेसका जायज माग वार्ताबाटै पूरा गर्न तत्पर रहेको बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

अखिल नेपाल शिक्षक सङ्गठन उदयपुरको तेस्रो जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उनले मधेसमा आन्दोलनरत दलहरूलाई सरकारले पटक–पटक वार्ताका लागि बोलाउँदा वार्तामा बस्न उनीहरूले अस्वीकार गरेर देश तथा सरकारलाई अप्ठेरो परिस्थितिमा धकेल्न खोजेको आरोप लगाए ।

एकीकृत नेकपा (माओवादी)का सचिवसमेत रहेका मन्त्री पोखरेलले सरकारले सन्तोषजनकरुपमा काम गर्न नसकेको स्वीकार गर्दै अहिलेको अवस्थामा देशको सार्वभौमिकता जोगाउन र संविधान कार्यान्वयन गर्न सरकार दृढ भएर लागेको कारण सरकारको आलोचना गर्नुभन्दा सबैले साथ दिनुपर्ने उल्लेख गरे ।

शिक्षकले राजनीतिक पार्टीको कार्यकर्ता भएर हिड्ने बेला नभएको भन्दै मन्त्री पोखरेलले अब गुणस्तरीय शिक्षातर्फ ध्यान दिन सुझाव दिए । रासस