२० चैत, भक्तपुर ।

स्थानीय निकाय स्थानीय तहमा रुपान्त्रण हुँदासमेत करिब तीन हजार वडामा वडा सचिव रिक्त रहेको सरोकारवाहरुले बताएका छन् ।

७४४ स्थानीय तहमा ६ हजार ६ सय ८० वडा कायम रहेकोमा ३ हजार वडा सचिरव रिक्त रहेको स्थानीय तह निजामती सचिब संरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजालले बताए ।

मधेशी मोर्चाको अवरोधका कारण सचिवहरुले काम गर्न नसकेको उनले बताए ।

रफत सञ्चार क्लबमा भएको प्रत्रकार भेटघाटका क्रममा उनले स्तानीय तहको कार्यान्वयनसँगै करिब ३ हजार गाविस सचिवले दोहोरो जिम्मेवारी निर्वाह गरि स्थानीयलाई सेवा प्रवाह गरिरहेको बताए ।

संघीयतामा वडा सचिबहरुलाई एक तह बढुवाको माग निरन्तर रहेको भन्दै निर्वाचनमा देश होमिएकाले आफूहरुले कुनै आन्दोलन नगर्ने बताए ।

केन्द्रका सल्लाहाकार हरिप्रसाद पोखरलले मधेसमा सचिवहरुले हाल पनि काम गर्न सक्ने अवस्था नरहेको भन्दै मधेशी मोर्चाको अवरोधका कारण स्थानियलाई सेवा प्रदान गर्न नसकिरहेको बताए ।

यसअघि स्थानीय निकाय हुँदा गाबिस सचिब हकहित संरक्षण केन्द्र नेपाल रहेकोमा स्थानीय तहको लागूसँगै स्थानीय तह निजामती सचिव संरक्षण केन्द्रमा रुपान्तरण भएको छ ।