२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले मधेसकेन्द्रित दलको भावनालाई संविधानमा समेट्न नसकेसम्म संशोधन प्रस्ताव पारित हुन नसक्ने बताएका छन ।

भोली सार्वजनिक विदा ! गृह भन्छ: जानकारी आइसकेको छैन

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक रहेको बताए । उनले भने, “संविधान विद्येयकको पक्षमा वा विपक्षमा मतदान गर्ने भन्नेबारेमा राप्रपाले अहिलेसम्म निर्णय लिइसकेको छैन ।”

pashupati samser Rana

उनले संविधान संशोधनको बारेमा सरकारले आफ्नो दलसँग औपचारिक कुराकानी समेत नगरेको गुनासो गरे । नेता राणाले भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत सरकारले भूकम्पपीडित धेरै परिवारलाई पचास हजार रुपैयाँसम्म दिन नसकेको आरोप लगाए ।

राप्रपाले पुस २७ मा चियापान समारोह गर्ने

उनले पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पु-याएको योगदानलाई उच्च कदर गर्दै पुस २७ गते राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा दिनुपर्ने माग पनि गरे ।