अभिशेक प्रताप सिंह
सांसद, संघीय समाजवादी फोरम नेपालabhishek-p-shah

तपाईले त पुनः नाकाबन्दी गर्न र दानापानी बन्द गर्न आह्वा गर्नु भो नि ?

– मैले सामाजिक सञ्जाल फेसबुक लेखेके हुँ । जुन देशमा नागरिकलाई गरिनु पर्ने सामान्य व्यवहार गरिदैन । इज्जत गरिदैँन बराबरीको व्यवहार गरिदैन । हामीले सबैलाई समान व्यवहार गर्नुपर्छ भनेका हौं । अधिकार देऊ भनेका हो । ठेकेदारीप्रथा कायम छ । हामीलाई हेप्ने, भारतीय नागरिक हो भनेर अपहेलिन गर्न स्वीकार्य हुन सक्दैन । ब्राम्हणवादी सोच र संस्कारले विगारेको हो । यो देशलाई वर्वाद पार्ने काम गरेका छन् ।

एमालेसँग तपाईहरुको आक्रोश किन ?
–एमालेका नेताहरुले हामीलाई निकै होच्याउने काम गरेका छन् । उत्तर प्रदेशबाट आएको उरन्ठेउला कुरा गर्ने अभिव्यक्तिले द्धन्द्ध निम्त्याउछ । हामी नै सीमाको रक्षक हौं । धर्तीपुत्र हामी नै हो । हामीलाई हेप्ने एमालेका प्रवृत्तिले मधेसवादी दलहरुलाई निकै आक्रोशित तुल्याएको छ । एमालेका अध्यक्ष केपी ओलीको हेपाव र उरन्ठेउला अभिव्यक्तिले समस्या थप जटिल हुँदै गएको छ ।

विवादास्पद स्टाटस पोष्ट गरेपछि तपाईको त आलोजना भएको छ नि ?
–मैले वास्तविता लेखेको हो । मेरो स्टाटसले पहाड रिसाए पनि मधेसका जनता खुसी भएका छन् । मधेसमा युवाहरुले ठूलो समर्थन जनाएकन छन् । मलाई विदेशबाट फोन गरेर समथन समर्थन गरेका छन् । हाम्रो असन्तुष्टि निकै छ । मधेसीमा रहेका समस्याहरु समाधान गर्न बिलम्ब गर्नु हुँदैन । सरकारले यो समस्या समाधान गर्न पहल गर्नुपर्छ ।

संविधान संशोधन मार्फत समस्याको समाधान होला नि त ?
–संविधान संशोधन प्रस्तावमा मधेसको समस्या समाधान हुने गरी आउने अवस्था देखिएको छैन् । पहिला प्रस्ताव दर्ता होस । त्यसपछि मात्र हामी प्रतिक्रिया दिन्छौ । मधेसको मागलाई एमालेले मजाक गरिरहेको छ ।

यो पढ्नुस्।
सांसद अभिषेक शाहको आह्वान- फेरि दानापानी बन्द गरौं