सुदर्शन काफ्ले

आफूलाई लोकतान्त्रिक भन्ने मधेसी मोर्चाले जहिल्यै असहिष्णुता, मुठभेड र निषेधको राजनीतिमा रमाउने गरेको छ । त्यसैको पछिल्लो उदाहरणको मधेसबाट एमालेलाई विदाई गर्ने अभिव्यक्ति । bharmpura chauki police station fire strike madhesh (1)

मधेसी मोर्चाको यही अभिव्यक्तिले मधेसमा मुठभेड निम्त्याउने खतरा वढेको छ । मधेसमा आन्दोलनका नाममा हुने अपराधको छानविन भएर दोषीलाई कारवाही नभएकै कारण केही अराजकहरू झन हौसिएका छन् । केही नेताहरूले नै त्इतो आगोमा घिउ थप्ने गर्दछन् ।

पहिलो मधेस आन्दोलनमा निशानामा परेको थियो तत्कालिन माओवादी । सो क्रममा मधेसमा रहेका माओवादीका धेरै पार्टी कार्यालय जलाइए, तोडफोड गरिए । गौरमा २३ जना माओवादी कार्यकर्ताको नृशंस हत्यापछि त्यो अध्याय सकियो । पहिलो संविधान सभाको निर्वाचन ताका मधेसी मोर्चाको तारो बन्यो कांग्रेस ।

यस पटकको तारो एमालेलाई बनाइदैछ । जुन पार्टी जुनबेला मधेसमा बलियो बन्दै गइरहेको हुन्छ तत् बेला तत् पार्टी मधेस आन्दोलनको निशानामा पर्ने गरेका छन् । अहिले पनि त्यसैको निरन्तरता मात्र हो । हरेक समय तारो बनाइएको पार्टीलाई सभा, सम्मेलन यहासम्मकी भेला र बैठकमा पनि अवरोध गर्ने गरिएको छ ।

प्रमुख दललाई आफ्ना कुरा राख्नै नदिएर, उनीहरुको सांगठनिक गतिविधिमा अवरोध गरेर उसले अराजक गतिविधि मार्फत आफूलाई स्थापित भएको महशुस गर्छ । त्यसैले एमालेलाई उसले पार्टी गतिविधिमा अवरोध पुर्याउने छ । अवरोध गर्न धेरै जनमतको आवश्यकता पर्दैन । पक्राउ परे कारवाही नहुनेमा ढुक्क छन् ।

खुलेआम, आधिकारिक स्थानमै राष्ट्रविखण्डनको कुरा गर्ने छुट कसैले पाएको छ भने त्यो मधेसी मोर्चा हो । आन्दोलनका नामा सादा पोसाकका विरामी प्रहरीको नृशंस हत्या गर्दा पनि उसलाई कारवाही हुदैन । जबसम्म राजनीतिका नाममा हुने अराजकतालाई छुट दिइन्छ तबसम्म मधेसी मोर्चाले मधेसमा उदण्डता मच्चाइरहनेछ ।