१६ पुस, काठमाडौं ।
मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित मात्र टेलुल गर्नुपर्ने शर्त राखेपछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा मोर्चा मनाउन जुटेका छन् ।prachanda-deuwa-morcha

मधेसी मोर्चाले प्रस्ताव टेबुल नभए आन्दोलनमा जाने घोषणा गरे लगत्तै शुक्रवार सभापति देउवाले मोर्चासँग वार्ता गरेर मार्सल लगाएर पनि पनि प्रस्ताव पास हुने विश्वास दिलाएका थिए ।

यो पढ्नुस्: देउवाको अठोटः मार्सल लगाएर प्रस्ताव पास हुन्छ, ओलीको फुर्ति काम छैन

संविधान संशोधन प्रस्ताव फिर्ता लिनु पर्ने भन्दै प्रतिपक्ष दल एमालेले एक महिनादेखि संसद चल्न दिएको छैन् । लामो समय संसद अवरुद्ध हुँदा प्रस्ताव अलपत्र परेको भन्दै सरकारले प्रस्ताव अगाडि बढाउने तयारी गरेको छ ।

सत्तारुढ दल कांग्रेस र माओवादीले अहिलेकै प्रस्तावालाई समर्थन गर्न आग्रह गरेका छन् भने मोर्चाले परिमार्जन गर्नुपर्ने शर्त राखेको छ । मोर्चालाई मनाउन प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरुसँग छलफल थालेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी छलफलमा मार्सल लगाएर भएपनि सरकार प्रस्ताव अगाडि बढाउने तयारीमा रहेको प्रचण्डले मोर्चाका नेताहरुलाई विश्वास दिलाएको बताइएको छ ।