१३ फागुन, काठमाडौं ।
सरकारले आगामी वैशाख ३१ गतेको लागि घोषणा गरेको स्थानीय तहको निर्वाचनप्रति आन्दोलनको घोषणा गरेको मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको छ । संविधान संशोधन विधेयक अगाडि बढाउन सरकारले गृहकार्य थालेपछि मोर्चाले तत्काल समर्थन फिर्ता नलिने भएको हो ।

फाइल तस्बिर

‘मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिदा पनि सरकारलाई कुनै पनि असर पर्ने देखिदैन, मोर्चाका एक नेताले भने, ‘हाम्रो माग पूरा गर्नको लागि सरकारले संविधान संशोधन विधेयक ल्याएको छ, अहिले नै समर्थन फिर्ता लिने कुरा हुँदैन ।’

मोर्चाभित्र सरकारलाई दिएर तत्काल आन्दोलनमा जानुपर्ने दबाब भएपनि अन्तिम पटक संविधान संशोधन विधेयक पारित गराउने तिर लाग्ने गृहकार्य अगाडि बढेको ती नेताले बताए । उनका अनुसार सरकार संविधान संशोधन विधेयक प्रक्रिया अगाडि बढाएपछि मोर्चाले संशोधन हाल्ने भएको छ ।

तीन बुँदे सहमति गर्दै मधेसी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।

यो पढ्नुस्।
उपेन्द्रले बोलाएको बैठकमा महतो र ठाकुर अनुपस्थित