२८ असार, भक्तपुर ।

मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगर क्षेत्रको समग्र विकासका लागी जारी नगरपरिषद्ले उचित नीति तथा कार्यक्रमका साथै योजना तर्जुमा र बजेट विनियोजन गर्ने तयारी गरिरहेको बताएका छन् ।

रफत सञ्चार क्लबले गरेको साक्षात्कारमा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले मध्यपुरथिमि क्षेत्रको खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताए ।

नगर क्षेत्रको समग्र विकासका लागि गएका बर्षको तुलनामा ३ गुणा बढी बजेट विनियोजन गर्ने बताउँदै उनले ३० गते नगरपरिषद् समापनका दिन विनियोजन बजेट सार्वजनिक गरिने जानकारी दिए ।

मध्यपुरथिमिमा नक्सापास र भवन निर्माणका साथै यस क्षेत्रका नागरिकलाई करको दायरामा ल्याउने काम एकदमै चुनौती रहेको भएपनि यसको कार्यान्वयनका लागि नगरपालिका लागि परेको उनको भनाई थियो ।

श्रेष्ठले मध्यपुरथिमी नगरपालिका क्षेत्रमा अहिलेसम्म २० प्रतिशत नागरिक मात्रै करको दायरामा आएको जानकारी दिए । यस नगरमा अझै ८० प्रतिशत नागरिक करको दायरामा आउन सकेका छैनन् ।