एजेन्सी ।

हालै गरिएको एक अध्यनले अनौठो तथ्य बाहिर ल्याएको छ । समाजमा सबै भन्दा बढी यौन सम्पर्क मध्यम वर्गका मानिसले गर्ने यो अध्यनले देखाएको हो । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका डेडिड स्पाइगेहाल्टरले प्रकाशित गरेको पुस्तकामा यो सनसनीपूर्ण दावी गरिएको छ ।

man with woman 4

‘सेक्स बाइ नम्बर्स’ भन्ने पुस्तकमा बेलायतमा गरिएको अध्यन सार्वजनिक गरेका हुन् । समग्रमा मानिसहरुले सेक्स कम गर्न थालेको समेत यो अध्यनको दावी छ । मानिसहरु अश्लिल सामग्रीको उपलब्धता र खुला बन्दै गएको समाजका कारण पनि सेक्सप्रति मानिसको आकर्षण पहिले जस्तो नरहेको यो पुस्तको दावी छ ।

मध्यम वर्गका जोडीहरुले सबै भन्दा नियमित सेक्स गर्ने दावी गरेको पुस्तकमा धेरै उच्च घराना र निम्न वर्षमा सेक्सको आकर्षण कम हुने समेत भनिएको छ ।

men with beautiful woman

अधिकाँश पुरुषले आफूले कम्तिमा १४ जना महिलासँग यौन सम्बन्ध राखेको स्वीकार गर्ने यो पुस्तकमा उल्लेख छ भने महिलाहरुले त्यस भन्दा पनि बढीसँग सम्पर्क राख्ने उल्लेख छ ।

पुरुषले परस्त्रीसँगको सम्बन्ध साथीभाइलाई समेत भन्ने तर महिलाले भएका सम्बन्ध र क्रियाकलापबारे समेत झुटो बोल्ने दावी पनि उनले पुस्तकमा गरेका छन् ।

यो पनि हेर्नुस्

महिला सबै भन्दा बढी कामुक हुने दिन

महिलाहरु अनुभवी पुरुषको खोजीमा हुन्छन्

तपाइँलाई थाहा छ ?यस्तो चाहन्छन् महिला