एजेन्सी ।

जापानमा एउटा टापु छ जहाँ महिलाको लागी प्रतिबन्ध गरिएको छ । यस टापुलाई युनेस्कोले विश्व सम्पदा सुचिमा राख्न प्रस्ताव गरेको छ ।

अशाहि शिम्वुन अखबारका अनुसार जापानको दक्षिण पश्चिमस्थित ओकिनोशिमा आइसल्याण्डमा रहेको उक्त टापुमा धार्मिक कारण पुरुषले मात्र प्रवेश गर्न पाउछन् भने महिलाको लागी प्रतिबन्ध गरिएको छ ।

यहाँ सम्म कि उक्त टापुको मुख्य भुमिमा कुनैपनि किसिमको यादगार चिज लिन पाउदैनन् । यस टापुमा समुद्र देवीको पुजा गरिन्छ ।
यस टापुलाई विश्व धरोहर स्थल बनाउने प्रस्तावको अन्तिम फैसला युनेस्कोको  जुलाई महिनामा हुने बैठकमा गरिने बताइएको छ ।

ओकिनोशिमामा प्राचिन कालमा जहाजको सुरक्षाको लागी पुजा गरिन्थ्यो । जापान टाइम्सका अनुसार चौथो र नवौ शताव्दीको विचमा यस टापुमा कोरियाली प्रायद्धिप र चीनवीच व्यापार विनिमय हुन्थ्यो ।

प्राचिन समयदेखिनै चलिआएको धार्मिक मान्यताअनुसार हालसम्म पनि यस टापुमा महिलालाई प्रतिबन्धित गरिएको छ ।

त्यहाँ जाने पुरुषले नाङ्गगो भएर शुद्धिकरण गर्न एक विधि अपनाउनु पर्छ र आफुले चिताएको पुरा गर्न उक्त टापुको यात्रा सुरु गरिन्छ ।
यो टापु एक पर्यटकीय स्थल बन्न सक्ने अपेक्षा गरिएको छ ।