फागुन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दिने भारत भ्रमणको अन्तिम दिन मुम्बइमा बलिउडका कलाकार भेटेका थिए । उनले बलिउड कलाकार भेटेपनि दिल्लीमै स्वास्थ्य उपचार गराइरहेका वरिष्ठ संगीतकार अम्बर गुरुङलाई नभेटेपछि उनको आलोचना पनि भएको छ ।

यसैबीच विवादास्पद जनजाति अभियान्ता तथा संघीय समाजवादीका नेता आङकाजी शेर्पाले प्रधानमन्त्री ओलीले भारतीय हिरोइन भेट्दै हिँड्ने ओलीले अम्बर गुरुङ लाई नभेटेको प्रति आपत्ति जनाएका छन् ।

आङकाजीले ओलीमाथि ब्यङ्ग्य गर्दै लेखेका छन्, “केपी ओली भारतीय हिरो हिरोइनहरु भेटेने तर भारतमा उपचार गर्दै रहेको आफ्नै देशको राष्ट्रिय गीतकार अम्बर गुरुङलाई भेटेनन” ।

Ankaji on Oli Manisha Meeting

संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपतिसमेत रहेका संगीतकार गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइरहेका छन् । केही वर्षदेखि पार्किन्सन्स र मधुमेहबाट पीडित गुरुङको उपचार जारी छ ।

आङकाजीको राष्ट्रपतिलाई आरोप- ‘अतिहिन्दुवादी जवानी’
प्रधानमन्त्री ओलीमाथि आङकाजीको टिप्पणी, चरित्रमै प्रश्न
केपी ओली र विद्या भण्डारीको सम्बन्धलाई लिएर आङकाजीको टिप्पणी

आङकाजीले यस अघि पनि ओलीमाथि विभिन्न प्रश्न उठाउँदै आएका छन्। समय समयमा ओलीको चरित्रमाथि समेत उनले प्रश्न उठाउँदै आएका छन् ।