हिन्दुधर्ममा प्रयोग गरिने सबै मन्त्र ‘ॐ’ बाट किन सुरु हुन्छ अनि ‘स्वाहा’ मै अन्त्य किन?

भगवानको पुजा गर्दा धेरै मन्त्रहरु उच्चारण गरिन्छ। यी सबै मन्त्रको अगाडी पवित्र मानिने ‘ॐ’ लगाइन्छ। वैदिक होस् या पौराणिक सबै मन्त्रमा यस्तै हुनेगरेको पाइन्छ। विभिन्न धर्म ग्रन्थमा यस्तो किन हुन्छ भनि खुलाइएको छ।

Ohm symbol

ॐ लाइ एकाक्षर ब्रह्म हो भनि विश्वास गरिन्छ, जो यो संसारको सृष्टीकर्ता अनि संहारकर्ता पनि हुन। ॐ नै भगवान हो, ॐ नै शासक हो।

गणेशलाइ प्रकृतिको परब्रह्मा पनि भनिन्छ। गणेश नामलाइ ‘गुण को ऐस’ भनि बुझ्न सकिन्छ। सजिलो तरिकाले बुझ्दा गणेश स्वर्गका देवता मात्र हैनन, गुणका देवता पनि हुन।

ganesh

यसकारणले पनि गणेशको प्रतीकको रुपमा ॐ शब्दलाइ लिइन्छ। गणेश सबैभन्दा पहिले पुजिने देवता हुन।

मन्त्रको अगाडी ॐ शब्द उच्चारण गर्दा गणेशलाइ सबैभन्दा पहिले सम्झनु भन्ने बुझिन्छ जसरी सबैभन्दा पहिले गणेशकै पुजा गरिन्छ।

ॐ शब्दमा अलौकिक शक्ति रहेको हुन्छ अनि अत्यन्त शुभ मानिन्छ, त्यसैले पनि यसलाइ पहिला उच्चारण गर्ने गरिन्छ।

मन्त्रको अन्त्यमा ‘स्वाहा’ किन हुन्छ?

सृष्टीको सुरुवातमा देवताहरुमा खानेकुराको निकै अभाव भयो। सबै देवता ब्रह्माको अगाडी उपस्थित भए। ब्रह्माले एक उपाय रचे। यज्ञको बेला होमिने वस्तुहरुलाइ प्रयोगमा ल्याएर देवताहरुको खानेकुराको कमी पुर्ति गरिने भयो। तर ब्राह्मणहरुले होम गर्दा अग्निमा हालेको कुरा अग्नीले जलाउन सक्थ्यो। ब्रह्माले प्रकृतिकी देवीको तपस्या गरे। एक देवी प्रकट भइन अनि ब्रह्मालाइ के चाहियो भनि भनिन। ब्रह्माले देवीलाइ आग्रह गरे की उनी अग्नीसंग मिलेर होममा चढाएका वस्तु जल्नबाट बचाउन।

puja hom

ब्रह्माले भने, जब मन्त्रको अन्त्यमा ‘स्वाहा’ भनिन्छ तब मात्रा होममा चढाएका वस्तु अग्निले नजलाइ‍ स्वर्गका देवताले पाउँथे। यो संगै ती स्वाहा देवी अग्नीको स्त्री साथी भइ सगै रहन थालिन। अग्निको शक्ति अनि स्वाहा देवीले आफ्नो वशमा लिइन। अनि मन्त्रको अन्त्यमा ‘स्वाहा’ भनिन थाल्यो कि स्वर्गमा फेरी खानेकुराको संकट नपरोस भनि।

यो पनि पढ्नुहोस्।
पुरा भएका कलियुगका आश्चर्यजनक भबिष्यवाणी
नोस्ट्राडमसले १५ अौं शताब्दीमा गरेका भविष्यवाणी जुन पुरा हुदैछन्
जन्म चिनो र कोठीः रहस्यमय अर्थ