१२ साउन, काठमाडौं ।

नयाँ बन्ने सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डले सिंहदरवारमा बसेर आज नै मन्त्रीहरुको अन्तिम टुंगो लगाउने भएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

मन्त्री बन्नको लागि पार्टीका सांसदहरु देउवा निवास बुढानिलकण्ठ र प्रचण्ड निवास लाजिम्पाटमा भिड नै लाग्न थालेपछि पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन देउवा र प्रचण्डबीच अहिले सिंहदरवारमा छलफल हुन लागेको हो ।

दुई पार्टीबीच भएको सहमति अनुसार अबको नौ महिना प्रचण्डले सरकारको नेतृत्व गरेपछि त्यसपछि देउवाले सरकारको नेतृत्व गर्ने छन् । दुई पार्टी बीच भएको सहमति अनुसार कांग्रेसले १३ र माओवादीको भागमा ८ वटा मन्त्रालय परेको छ । साना दल पनि सहभागी हुने भएपछि दुवै दलले एक एक सङख्या घटाएर राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई दिने विषयमा समझदारी भएको कांग्रेसका एक नेताले बताए ।

सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दुवै दलले झण्डै टुंगो लगाएका छन् । मााओवादीले कृष्णबहादुर महरालाई उप्रधानमन्त्री सहित अर्थ मन्त्री बनाउने भएको छ । त्यसैगरी महेन्द्रबहादुर साही, दलजित श्रीपाली, हितराज पाण्डे, प्रभु साह, गौरीशकंर थारु, अशोककुमार मण्डल, श्रीप्रसाद गजेबु, सुरेन्द्र कार्की, राधिका तामाङ, धनीराम पोखरेल मध्येबाट मन्त्री छनोट गर्ने तयारी प्रचण्डले गरेका छन् ।

देउवाले शेखर कोइला, अर्जुननरसिंह केसी, बालकृष्ण खाँड, गोपालमान श्रेष्ठ बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, जीवनबहादुर साही, रमेश लेखक,फमुल्ल्ह मनसु, मीन विश्वकर्मा, महालक्ष्मी उपाध्य, कमला पन्त, भिष्मराज आङदाम्बे, नारामान गुरुङ लगायतबाट मन्त्री चयन गर्ने तयारी देउवाले गरेको कांग्रेसका एक नेताले बताए । पौडेल पक्षले छ मन्त्री आफ्नो पक्षले पाउनु पर्ने माग गरेको छ । मन्त्री छनोटमा प्रचण्ड भन्दा देउवा निकै दबाब रहेका छन, ती नेताले बताए ।