११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीमण्डल विस्तार गरेका छन् । आफ्नो पार्टी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र नेकपा संयुक्तबाट मन्त्री थप गरेका हुन् ।

आज विस्तार भएको मन्त्रीमण्डलमा काँग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ र नेकपा संयुक्तबाट एक जना गरि १९ जना मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । मन्त्री बन्नेहरुको नामावली यसप्रकार छ ।

नेपाली काँग्रेस:

१) भीमसेनदास प्रधानः रक्षा मन्त्रालय

२) मोहनबहादुर बस्नेतः सूचना तथा संचार

३) महेन्द्र यादवः खानेपानी तथा सरसफाई

४) बीरबहादुर बलायरः भौतिक पूर्वाधार तथा यातायात

५) राजन केसी : युवा तथा खेलकुद

६) रामकृष्ण यादव: कृषि विकास

७) मीन विश्वकर्मा : बाणिज्य

८) अम्बिका बस्नेतः सहकारी तथा गरिवी निवारण

९) संजय कुमार गौतमः सिंचाई

१०) यज्ञबहादुर थापाः कानुन

नेकपा माओवादी केन्द्रः

१) गिरिराजमणी पोख्रेलः स्वास्थ्य

२) महेन्द्रबहादुर शाहीः उर्जा

३) आशा कोइरालाः महिला तथा बालबालिका

४) शिवकुमार मण्डल :आपूर्ती

५) टेकबहादुर बस्नेतः सामान्य प्रशान

६) सन्त कुमार चौधरीः पशुपंक्षी

नेपाल लोकतान्त्रिक फोरम :

१) जितेन्द्र देवः संस्कृति पर्यटन तथा नागरिक उड्डयन

२) गोपाल दहितः भूमिसुधार तथा व्यवस्था

नेकपा संयुक्तः

१) मिथिला चौधरीः वातावरण