२७ पुस, काठमाडौं ।
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा डा. गोविन्द पोखरेललाई नियुक्त गरेको छ । सरकारले सुशील ज्ञवालीलाई बर्खास्त गरेर डा. गोविन्द पोखरेललाई नियुक्त गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एव प्राधिकरणकै पूर्व प्रमुख कार्यकारी अधिकृत पोखरेललाई प्राधिकरणको सिईओमा नियुक्त भएपनि तत्कालिन सरकारले विधेयक समयमा नै संसदमा पेश नहुदा उनी पदमुक्त भएका थिए ।

prachanda Cabinet

काम चित्तबुझ्दो नभएको भन्दै यसअघि सरकारले सुशील ज्ञवालीसँग स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले भने सरकारकै असहयोगका कारण काम गर्न नसकिएको स्पष्टीकरण बुझाएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो ।

सरकारले दुई पटक ज्ञवालीसँग स्पष्टिकरण सोधेको थियो । ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।