६ माघ, काठमाडौं ।
मन्त्रीपरिषद्को बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले नेपाल टेलिकम प्राधिकरणमा रिक्त रहेका २ सदस्य पदपूर्तिका लागि सञ्चार सचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ ।

सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले दिने १६ अरब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बताउदै सरकार प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले राष्ट्रिय किसान आयोग गठन गर्ने, प्राविधिक प्रमूख सेनानी खुमबहादुर कुंवरलाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय गरेको बताए ।

prachanda-cabinate

२०७१ सालको बाढी पहिरोबाट क्षतिग्रस्त बाँके, बर्दिया, दाङ्, सुर्खेत लगायतका जिल्लामा नीजि आवास पूनर्निर्माणका लागि अनुदान वितरण कार्यविधि, २०७३ लाई स्वीकृत गरेको कार्कीले जानकारी दिए ।

बैठकले कानुनी क्षेत्रका विभिन्न पदमा नियुक्ति र पदोन्नतिको निर्णय गरेको छ । बैठकले काभ्रेमा हत्या गरिएका अजित मिजार र लक्ष्मी सुनारको छानविन र सहयोगको लागि मन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा एक समिति गठन गरेको सरकार प्रवक्ता कार्कीले जानकारी दिए ।