जव हामी प्रेममा हुन्छौं त्यतिबेलाको कोशिस भनेको एक अर्कालाई विशेष महसुस गराउन खोज्नु हो । तर कहिले काँहि विशेष अनुभव गराउन खोज्दा उल्टो प्रभाव पनि पर्न सक्छ ।

पार्टनरसँग के गर्ने के नगर्ने भनेर हमेसा विचार पुर्‍याउनु पर्छ । किन भने कुनै कुराले गम्भिर असर समेत गर्न सक्छ ।
यी ३ कुरा सँधै ध्यान दिनुस्

१. जे बोल्नु छ स्पष्ट बोल्नुस्
पार्टनरसँग बोल्दा सँधै स्पष्ट कुरा गर्नुस् । किन भने स्पष्ट बोल्ने ब्यक्तिलाई नै धेरैले मन पराउँछन् । तपाइँका शब्द गलत भए भने त्यसको असर सम्बन्धमा नै नराम्रो पर्न सक्छ । एक पटक बोलेपछि अर्को पटक कुरा नै नगर्ने अवस्था समेत आउन सक्छ ।

girls watched by boy 1

२. भावनालाई नियन्त्रण गर्नुस्
विना कारण कसैलाई हेरेर हाँस्ने वा जिस्काउने बानी छ भने यसले तपाइँको पार्टनरलाई असर गर्न सक्छ । त्यति मात्र होइन यस्तो बानीले तपाइँ माथि शंका समेत हुन सक्छ । कुनै पनि कुराको प्रतिक्रिया दिनु अघि राम्रोसँग सुनेर विचार गरेर मात्र दिनुस् ।

boy talking to girl
३. एककोहोरो नहेर्नुस्
कसैलाई पनि मन परेको भन्दैमा एककोहोरो हेर्ने बानी राम्रो होइन । यसले तपाइँको प्रभाव नकारात्मक पर्न सक्छ । शुरुमै एककोहोरो हेर्ने बानी छ भने आजै देखि छोड्नुस् ।

पहिलो भेटमा भुलेर पनि नगर्नुस् यी ५ कुरा

भुलेर पनि केटीलाई नभन्नुस् यी तीन कुरा