महाभारतको युद्धमा पाण्डवहरुद्धारा भीष्म, द्रोणचार्य, दर्योधन, कर्णआदि योद्धाहरु मारिएको सबैलाई थाहा छ, तर मारिएका सबै योद्धा एक रातका लागि पुनःजीवित भएका थिए भन्ने निकै कमलाई थाहा होला । यो कुरा सुन्दा केही अनौठो लाग्न सक्छ, तर यो घटना वेदव्यासद्धारा रचिएको महाभारत ग्रन्थको आहमभासिक पर्वमा उल्लेख गरिएको छ ।

यस्तो छ कथा – महाभारतको युद्धपछि युधिष्ठिर हस्तिनापुरको राजा बने र धर्मपूर्वक शासन गर्न थाले । युधिष्ठिर प्रतिदिन धृतराष्ट्र र गान्धारीबाट आशिर्वाद लिएर मात्रै काम गर्ने गर्थे । यसैगरी, अर्जुन, नकुल, सहदेव, द्रोपदी आदि पनि धृतराष्ट्र र गान्धारीको सेवामा लागिरहन्थे । तर, भीमको मनमा भने धृतराष्ट्रप्रति सधै द्धेषभाव रह्यो ।

यसरी नै धृतराष्ट्र, गान्धारीले पाण्डवहरुसँग १५ बर्ष बिताए । एकदिन भीमले धृतराष्ट्रलाई एउटा यस्तो कुरा भने त्यो सुनेर धृतराष्ट शोकमा परे । धेरै समयसम्म पाण्डवहरुसँग बसियो अब वनमा आश्रम बनाई बस्ने धृतराष्ट्र, गान्धारी, विदुर र संजयले निर्णय लिए । सबै जना घोर तपस्यामा लिन भए ।

यो पनि पढ्नुस्
यदि यी योद्धा महाभारत युद्धमा आएका भए कौरव–पाण्डव सबै मारिन सक्थे
कृष्णको हत्या कसरी भयो, कृष्ण पश्चात पाण्डवको के भयो
१८ दिनसम्म चलेको महाभारत युद्धमा कुन दिन के भयो ?

वनमा वास गरेको लगभग एक बर्ष बितिसकेको थियो । यता हस्तिनापुरका राजा युधिष्ठिरलाई वनबासमा गएका आफन्तलाई हेर्ने इच्छा लाग्यो । उनले आफ्नो सेना प्रमूखलाई वन जाने तयारी गर्ने आदेश दिए । युधिष्टिरले सबै परिवारका साथमा वनबास जाने निर्णय गरे । धृतराष्ट्र, गान्धारी र कुन्ती पनि आफ्नो सबै परिवारजनलाई देखेर खुशी भए । तर, विदुरलाई नदेखेपछि युधिष्ठिरले सोधे ।

धृतराष्ट्रले विदुर कठोर तपस्यामा गएको बताए, त्यही बेला विदुर देखिए, तर आश्रममा धेरै मान्छे देखेर उनी फेरि फर्किए । विदुरलाई पछ्याउँदै युधिष्ठिर पनि दौडे । एउटा रुखमुनि विदुर उभिरहेको देखे, तर विदुर मरिसकेका थिए । युधिष्ठिरले विदुरको दाहसंस्कार गर्ने निर्णय लिए, तर त्यही बेला आकाशवाणी भयो, कि विदुर सन्यास धर्मका पालनकर्ता थिए , त्यसैले दाहसंस्कार गर्न नमिल्ने बताइयो ।

भोलिपल्ट महर्षि वेदव्यास धृतराष्ट्रको आश्रम आए । जब विदुरले प्राण त्यागेको कुरा वेदव्यासले सुने र उनले भने, ‘विदुर यमराज’को अवतार थिए र युधिष्ठिर पनि यमराजकै अंश हुन् । त्यसैले विदुरको प्राण युधिष्ठिरको शरीरमा मिसिएको छ । महर्षि वेदव्यासले धृतराष्ट्र, गान्धारी र कुन्तीलाई आफ्नो तपस्याको प्रभाव देखाउँछु भने । जे इच्छा गर्नुहुन्छ म पूरा गर्छु भने वेदव्यासले । धृतराष्ट्र र गान्धारीले युद्धमा मारिएका पुत्र र कुन्तिले कर्णलाई हेर्न चाहेको बताए । महर्षि वेदव्यासले आज यो इच्छा पुरा हुने बताए र गंगा नदीको तटमा सबैलाई बोलाए ।

रात परेपछि महर्षि वेदव्यास गंगा नदीमा पसे, पाण्डव र कौरब सबै मृत योद्धाहरुलाई बोलाए । केही बेरपछि ‘भीष्म, द्रोणाचार्य, कर्ण, दुर्योधन, दुःशासन, अभिमन्युलगायत सबै योद्धा पानीबाट बाहिर निस्किए । त्यस समय, ति सबै मृतक योद्धाहरुमा कुनै पनि प्रकारको अहंकार थिएन । महर्षि वेदव्यासले धृतराष्ट्र र गान्धारीलाई दिव्य नेत्र प्रदान गरे । सबैले आफ्नो आफन्तलाई देखेर मनमा सन्तोष लिए । महर्षि वेदव्यासले यदि कोही स्त्री आफ्नो मृत पतिसँग जान चाहन्छन् भने गंगा नदीमा डुबुल्की मार्न भने र जान चाहने सबै स्त्रीहरुले गंगामा डुबुल्की मारे र शरीर छोडेर पतिलोक गए । यसरी समाप्त भएको थियो त्यो अद्धुत रात ।

स्वर्गबाट झरेको थियो श्रीकृष्णको रथ, अहिलेसम्म छन् निशान