मृत्यु कहिले हुन्छ भन्ने हाम्रो वसको कुरा होइन, तर हामी मृत्युअगाडि के–के गर्न सक्छौ ? त्यो हाम्रो हातमा हुनसक्छ । जीवन छँदा गर्नुपर्ने धेरै काम हुन्छन्। यी पनि तीनै काममध्येमा पर्छन्, मृत्युअघि नै यी उल्लेखित काममा पनि ध्यान दिनुपर्छ।death sign 5

सम्पतिको उत्तराधिकारी – मृत्युअघि एक कानुनी दस्तावेज बनाउँन पाइन्छ, जसमा तपाई आफ्नो मृत्यु पश्चात् धन–सम्पतिको उत्तराधिकारी अरु कोही होस् भनी तोक्ने गरिन्छ । यस्तो बनाउँदा प्रत्यक्षदर्शी पनि अवश्य राख्नुपर्छ ।

अन्तिम संस्कारको योजना – अन्तिम संस्कार कसरी गर्ने योजना बनाउनु सकिन्छ । आफ्नो परिवारको व्यक्तिसंग स्पष्ट इच्छा व्यक्त गर्न सकिन्छ कि आफ्नो मृत्यु संस्कार कसरी होस् ।

अंगदान – आफ्नो मृत्युले अर्कोले नयाँ जीवन पाउँन सक्छ । मृत्युअघि आफ्नो कुनै अंगदानको घोषणा गर्न सकिन्छ ।

सामाजिक सञ्जाल – कहिल्यै तपाईले सोच्नुभएको छ, मृत्युपछि तपाईको फेसबुक, इन्टाग्राम र ट्विटर एकाउन्ट के होला ? प्रत्येक सामाजिक सञ्जाल प्रयोककर्ताको मृत्युपछि फरक–फरक नीति छन् । यदि फेसबुक प्रयोगकर्ताको मृत्युभएमा उसको एकाउन्ट उनको डिजिटल फुटप्रिन्टको रुपमा रहिरहन्छ, भने इन्टाग्रामले एकाउन्ट हटाइदिन्छ । त्यस्तै, ट्विटरले ६ महिनापछि एकाउन्ट आफैँ निष्क्रिय गर्छ । फेसबुकमा आफ्नो मृत्यु पश्चात अकाउन्ट परिवारको सदस्यलाई चलाउन दिने सुविधा छ। यस्तोमा परिवारको कसैले फेसबुकमा स्टाटस अपडेट गरिदिन मिल्छ, म्यासेज हेर्न मिल्दैन।