९ फागुन, एजेन्सी।
मलयालम फिल्मकी एक चर्चित नायिकाको यौन शोषणको मुद्धा सार्वजनिक भएपछि भारतको केरलामा फिल्मी समाज आवेगमा देखिएका छन्।

केरला फिल्म उद्योगका कयौं कलाकार आफुमाथी अभद्र व्यवहार भएको गुनासो गरेकी नायिकाको समर्थनमा जुटेका हुन।

शुक्रबार राती गुड्दै गरेको कारमा दुइ ड्राइभर समेत केही व्यक्तिले उनको यौन शोषण गरेका थिए। उनी कोच्चीमा एक फिल्मको डबिङ सकेर त्रिचूर फर्कदै थिइन।

भावना मेनन नामककी यी चर्चित नायिकाको कारमै घुसी उनलाई अपहरण गरिएको बताइएको थियो। भावनालाई उनकै कारमा एक घन्टासम्म सडकमै घुमाइएको र सो क्रममा उनको तस्बिर र भिडियो पनि लिइएको भारतीय मिडियाले जनाएको छ।

नायिकाको समर्थनमा केरला फिल्म उद्योग

केरला प्रहरीले गाडीका ड्राइभर मार्टिनलाई घटनाको २ घण्टा भित्र पक्राउ गरेको थियो र आइतबार वदिवल सलील र प्रदीपलाई तमिलनाडुको कोयबतूरबाट पक्राउ गरिएको बीबीसीले लेखेको छ।

प्रमुख आरोपी सुनीलले फरार छन् भने अन्य तीन आरोपीको खोजी जारी भएको बताइएको छ।

गाडी प्रोडक्सन हाउसकै थियो र मार्टिन पनी प्रोडक्सन हाउसकै कर्मचारी थिए। सुनील पहिले सोही प्रोडक्सन हाउसमा काम गर्थे। बीबीसीलाई नाम नबताउने सर्तमा एक प्रहरी अधिकारीले भने, ‘कुनै ठूलो योजना गरिएको रहेछ।’

उनीहरु विरुद्ध बलात्कार, अपहरण, आपराधिक योजना, गलत तरिकाले बन्धक बनाएको मुद्धा दर्ता गरिएको छ।

घटना अमानवीय, क्रुर र विभत्स बताउँदै भारतमा फेरी एकपटक महिला हिंसाबारेको बहस चर्को भएको छ।