काठमाडाैँ, १ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपाली आवासीय राजदूत उदयराज पाण्डेलाई ब्रुनाइ दारुसलामका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधान धारा २८२ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा पाण्डेलाई बुधबारर नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।