२८ कात्तिक, काठमाडौं । १९ बर्ष मुनिको एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियाबिरुद्ध सानदार जित हात पारेको छ ।

नेपालले मलेसियालाई ८ विकेटले पराजित ग¥यो । टस हालेर हारेर ब्याटिङ मलेसियालाई ४५ रनमा अलआउट गरेको नेपालले ३३ बलमा दुई विकेट गुमाएर जित हासिल ग¥यो । नेपालको जितमा ओपनर अनिलकुमार साहले नटआउट २६ रन जोडे ।

कप्तान दीपेन्द्रसिंह ऐरी ३ बलमा २ छक्काको मद्दतमा १२ रन बनाएर आउट भए । ओपनर आसिफ शेख ४ रनमा आउट भए । त्यसअघि मलेसियाको बायुमास ओभलमा वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा घरेलु टिम १५ ओभरमा तीन बलमा ४५ रनमा अलआउट भयो ।