काठमाडौं, १ चैत । मलेसियामा अलपत्र परेका २३ नेपालीको उद्दार गरिएको छ । मलेसियास्थित नेपाली राजदुतावासका अनुसार घरफिर्ति केन्द्रमा अलपत्र परेकाहरुलाई उद्दार गरी नेपाल पठाइएको हो ।

सिमोनिया, बुकिट जलिल र सेपांग घर फिर्ति केन्द्रमा रहेका, हवाई टिकटको खर्च नभएर अलपत्र परेकाहरुलाई उद्दार गरि पठाइएको दुतावासले जनाएको छ ।

लामो समयसम्म घर फिर्ति केन्द्रमा रहँदा उनीहरुमा शारीरिक तथा मानसिक समस्या देखिने हुँदा राजदुतावासले यथाशिघ्र उद्दार गरी टिकट उपलब्ध गराउने गरेको छ । मलेसिया नेपाली युवाहरुको प्रमुख रोजगार गन्तब्य मुलुक हो ।
(राजदुतावासले उपलब्ध गराएको उद्दार गरिएकाको नामावली)