९ माघ, क्वालालाम्पुर ।

मलेसियामा एक जना होटल ब्यबसायीले नेपाल सरकारको (लोगो) निसान छापको दूरुपयोग गरेका छन् । यी होटल ब्यबसायीले आफ्नो होटलको बोर्डमा नेपाल सरकारको लोगो राखेको पाइएको छ ।

नेपाल सरकारको सरकारी कार्यालय बाहेक कसैले पनि सरकारी निसान छाप गर्न पाउँदैन । यसरी खुल्लमखुल्ला व्यक्तिगत होटलमा नेपाल सरकारको निसाना छाप प्रयोग गर्नु गैह्रकानुनी हो ।

तस्विरमा हेर्न सक्नुहुन्छ कसरी व्यक्तिगत होटलमा नेपाल सरकारको लोगो प्रयोग गरिएको छ ।