१७ साउन, रामपुर (पाल्पा)।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका पाल्पासँग सिमाना जोडिएको नवलपरासीको रकुवा–२ अलिटारका शेरबहादुर विकको मलेसियामा मृत्यु भएको छ ।

सदीक्षा ओभरसिज काठमाडौँ मार्फत मलेसियाको युनिक फर्निचर दाङतिङमा कार्यरत विक शनिबार राति ३ बजे आफ्नै कोठामा मृतावस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । रोजगारीका लागि छ वर्षअघि झन्डै रु डेढ लाख खर्चेर मलेसिया पुगेका उनले काम गरेअनुसार कमाइ नहुँदा हालसम्म पनि लिएको ऋण तिर्न नसकिएको उनका बुबा धनबहादुरले जानकारी दिए ।

गरिब परिवारका विकको परिवारले मलेसियामा रहने नेपाली र दूतावासलाई शव नेपाल ल्याइदिन आग्रह गरेको छ । रासस