काठमाण्डौं, ६ जेठ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जोहान कालिनले आगामी महिना हुने दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन् ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, एलन न्यौपाने र विकेश कुथु रहेका छन् । त्यसैगरी रक्षापंक्तिमा विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ र रवी सिलवाल रहनेछन् ।

मिडफिल्ड र फर्वाडमा सुनिल बल, रवी पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ्ग, तेज तामाङ्ग, बिमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट रहेका छन् । नेपालले यही जेठ १९ गते क्वालालाम्पुरमा मलेसियासँग र २३ गते चाईनिज ताईपेईसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।