२८ पुस, काठमाडौं । मलेसियामा कार्यरत नेपाली कामदारका लागि दुःखको खबर छ । यसअघि मलेसिया सरकारले विदेशी कामदारले प्रत्येक महिना तिर्दै आएको लेवी बापतको रकम रोजगारदाताले तिनुपर्ने भनी गरेको निर्णय लागू नहुने भएको छ ।

malaysia PetronasTowers

व्यवसायीको चर्काे दबाबद पछि मलेसियाको मन्त्रीपरिषद् आफैंले गरेको निर्णय उल्टाएको हो । निर्णय अबको एक बर्ष पछि मात्रै कार्यान्वयन हुने भएको छ । बैठकपछि एक मन्त्रीले भने, ‘रोजगारदातालाई विदेशी कामदार ल्याउन सहज होस् र देशको आर्थिक विकासलाई गति दिनका लागि नयाँ व्यवस्था तत्काल लागू नगर्ने निर्णय गरिएको हो ।’

मलेसिया सरकारले गत डिसेम्बर ३१ तारिखमा इम्प्लोयर म्यान्डेटोरी कमिटमेन्ट शिर्षकको नयाँ व्यबस्था लागू गर्दै जनवरी १ तारिखदेखि बिदेशी कामदारले तिर्दै आएको लेबी रोजगारदाताले नै तिर्नुपर्ने ब्यबस्था गरेको थियो । सरकारको निर्णयको चर्काे आलोचना गर्दै आएका व्यवसायीले निर्णय सच्याउन दबाब दिँदै आएका थिए ।