कुशल श्रेष्ठ

महको प्रयोग करीब ५००० वर्ष अगाडिदेखि नै गरिँदै आएको छ। प्राचीन ग्रिक संस्कृतिमा महलाई ‘भगवानको खाना’ भनिन्छ भने, हिन्दु धर्ममा यसलाई अमरत्व प्रदान गर्ने पञ्चामृतको रूपमा मानिन्छ।

अति नै मिठो, स्वस्थ अनि रोचक खानाको रूपमा महलाई चिनिएतापनि, अनुसन्धानकर्ता र इतिहासकर्ताहरूले यसको बारेमा विवादास्पद कुराहरू गर्ने गर्छन्। महको बारेमा जान्नै पर्ने केहि तथ्यहरू यसप्रकार रहेका छन्ः

Honey१. महमा ८० प्रतिशत चिनी ( यो चिनी र बजारमा पाइने चिनी भने फरक हुन) र २० प्रतिशत पानी हुन्छ। १ चम्चा महमा ६४ क्यालोरी पाइन्छ।

२. हावा नछिर्ने गरी बन्द गरेर राखेमा, मह कहिल्यै पनि बिग्रिँदैन।

३. माहुरीले एकचोटीको भ्रमणमा ५० देखि १०० वटा फूलबाट रस चुसेर ल्याउँछ।

४. मह मात्रै यस्तो खाना हो जसमा जीवनलाई बँचाइराख्न चाहिने सबै तत्वहरू पाइन्छन्ः इन्जाइम, भिटामिन, खनीज पदार्थ र पानी। र मह मात्रै यस्तो खाना हो जसमा ‘पिनोसेम्ब्रिन’ (Pinocembrin) पाइन्छ। पिनोसेम्ब्रिन एक एण्टिअक्सिडेण्ट हो,जसले मस्तिष्कको कार्यशक्तिलाई बढाउँदछ।

५. साधारणतयाः मह स्वस्थ हुन्छ, तर कमजोर प्रतिरक्षा प्रणाली भएकाहरूले मह खानुहुँदैन किनभने यसले ब्याक्टेरियाको सङ्क्रमण गराउँदछ।

६. महको स्वाद माहुरीले चुसेको फूलमा भर पर्दछ। थरीथरीका फूलको रसबाट बनाइएको महलाई ‘पोलिफ्लोरल हनी’ (Polyfloral Honey) भनिन्छ।

७. १ वर्ष भन्दा मुनीका नवजात शिशुहरूलाई मह खुवान नहुने चिकित्सकहरूको सल्लाह रहेको छ, किनभने यसले शिशुहरूमा ‘बोटुलिजम’ (Botulism) नामक खतरनाक समस्या ल्याउन सक्दछ। (बोटुलिजम एक घातक रोग हो। ब्याक्टेरियाले पैदा गर्ने विषादीको कारणले यो रोग लाग्दछ।)

८. मह, भिनेगर र पानीलाई बराबर मात्रामा घोलेर पिउनाले शरीरको अशुद्धी सबै हटाउँदछ।

९. प्राचीन चिकित्साविधिको अनुसार महले डण्डीफोर, काटेको घाउचोटलाई निको गराउँदछ र साथै यसले रुघाखोकी, एलर्जी, सङ्क्रमण, दुर्गन्धित स्वास र कपाल झर्ने समस्यालाई पनि कम गराउँदछ। तर यसको ठेट वैज्ञानिक प्रमाण भने अझसम्म पत्ता लागेको छैन।

१०. २ चम्चा महले एउटा माहुरीलाई पुरै पृथ्वी घुमेर फर्किन सक्ने ऊर्जा दिन्छ।

यो पनि हेर्नुहोस्-
यस्तो अवस्था भएको व्यक्तिले लसुन पटक्कै खानुहुँदैन
स्मरण शक्ति बढाउने ६ अचुक शुत्र
यी ५ कारणले गर्दा धेरै गुलियो खानुहुँदैन
मिठो निन्द्राको लागि यस्तो खानेकुरा खानुस्
पुरुषले नखानुस् यी ५ खाना