१४ भदौ, राजविराज।
सप्तरीको महदेवा गाविस–२ स्थित कजोलीमा सोमबार आगलागी हुँदा रु सात लाखको क्षति भएको छ ।

स्थानीय उपेन्द्र मण्डलको गाईगोठमा विद्युत् सट भई आगलागी हुँदा उनका दुईवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कार्यालय हनुमाननगरले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, अन्नपातलगायत नगदजिन्सी गरी करिब रु सात लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कञ्चनपुरमा हात्ती आतङ्क

यसैबीच, कोसी टप्पु वन्यजन्तु आरक्षबाट तीनवटा समूहमा आएका जङ्गली हात्तीले सप्तरीको कञ्चनरुप नगरपालिकामा सोमबार घरमा विध्वंस मच्चाएका छन् ।

कञ्चरुप नगरपालिका–१ बस्ने राजेन्द्रप्रसाद गुप्ताको घरमा जङ्गली हात्तीले आक्रमण गर्दा निजको एउटा घरमा तोडफोड भएको हो ।

काठ, बाँसको टाटीको बेरा बनाएको घर तोडफोड गर्नुका साथै घरभित्र रहेका स्टिलको दराज दुई थान, कलर टिभी १४ इन्चको दुई थान, राइसकुकर एक थान गरी करिब रु ६५ हजार भन्दा बढी मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

हात्तीलाई प्रहरी र स्थानीयवासीले जङ्गलतर्फ लखेटेका थिए । रासस